एनपीएलको तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा, भोलिदेखि प्रतियोगिता सुरु हुँदै
द टन न्युज । विशेष रिपोर्ट
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा प्रतियोगिता भोलिदेखि सुरु हुन लागेको हो।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने एनपीएल मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।
तेस्रो संस्करणको उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। भोलि साँझ ५ बजे सुरु हुने उक्त खेलसँगै प्रतियोगिताको औपचारिक सुरुवात हुनेछ।
नेपाली क्रिकेटको लोकप्रिय घरेलु प्रतियोगिताका रूपमा स्थापित एनपीएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेलमा साविक विजेता र उपविजेताबीच प्रतिस्पर्धा हुने भएकाले प्रतियोगिताको सुरुवातमै क्रिकेटप्रेमीको ध्यान आकर्षित हुने अपेक्षा गरिएको छ।
द टन न्युज
Accuracy, Balance and Credibility