विदुषी राणाले स्वदेशी उत्पादन प्रवर्द्धनमा प्रधानमन्त्री शाहको कदमको प्रशंसा

theoutsidenepal.com

विदुषी राणाले स्वदेशी उत्पादन प्रवर्द्धनमा प्रधानमन्त्री शाहको कदमको प्रशंसा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ तथा युवा व्यवसायी Vidushi Rana ले प्रधानमन्त्री Balen Shah ले स्वदेशी ब्रान्ड Goldstar का जुत्ता प्रयोग गरेको विषयलाई नेपाली उद्योग र श्रमिकप्रतिको सम्मानको रूपमा व्याख्या गरेकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राणाले प्रधानमन्त्री शाहले गोल्डस्टार जुत्ता लगाएर केवल एउटा ब्रान्डलाई मात्र नभई नेपालमै उत्पादन गर्ने सम्पूर्ण उद्योग, उद्यमी तथा हजारौं श्रमिकको मेहनतलाई सम्मान गरेको बताएकी छन्।

उनले यो कदम स्वदेशी उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना तथा आत्मनिर्भर नेपालको अभियानलाई बल पुर्‍याउने सशक्त सन्देश भएको उल्लेख गरेकी छन्। राणाले नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धनले देशको अर्थतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री शाहप्रति आभारसमेत व्यक्त गरेकी छन्।

उनको भनाइमा स्वदेशी उत्पादनप्रतिको विश्वास र समर्थनले नेपाली उद्योगलाई थप प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ। प्रधानमन्त्रीको यो कदमले “नेपालमा उत्पादन गरौं, नेपालमै प्रयोग गरौं” भन्ने सन्देशलाई थप बलियो बनाएको उनको धारणा छ।


प्रतिक्रिया