“अबको आशा बालेन शाह” — युवा व्यवसायी प्रिन्स युवराज कार्कीको धारणा

theoutsidenepal.com

“अबको आशा बालेन शाह” — युवा व्यवसायी प्रिन्स युवराज कार्कीको धारणा


द टन न्युज, काठमाडौं:युवा व्यवसायी प्रिन्स युवराज कार्की ले देशको वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गर्दै बालेन शाह प्रति आशा र भरोसा व्यक्त गरेका छन्।


सामाजिक सञ्जालमार्फत व्यक्त गरिएको आफ्नो भनाइमा कार्कीले अहिलेको अवस्थामा देशलाई सही दिशामा लैजान सक्ने नेतृत्वका रूपमा बालेन शाहलाई प्रस्तुत गरेका छन्। उनले लेखेका छन्, “अबको आशा र भरोसा भनेको बालेन शाह मात्र हो। उनले सरकार प्रमुख भएर गरेका निर्णयहरू हेर्दा उनी वास्तवमै देशप्रेमी युवा हुन्।”


कार्कीका अनुसार यदि यही गतिमा काम अघि बढ्ने हो भने केही वर्षभित्रै नेपाल दक्षिण एसियाकै उत्कृष्ट, सुरक्षित र व्यवस्थित देश बन्न सक्ने सम्भावना रहेको छ। उनले वर्तमान नेतृत्वबाट सकारात्मक परिवर्तनको अपेक्षा गर्न सकिने उल्लेख गरेका छन्।


उनको यो अभिव्यक्तिले युवा पुस्तामा बढ्दो अपेक्षा, वैकल्पिक नेतृत्वप्रतिको विश्वास तथा सुशासनप्रतिको चाहनालाई झल्काएको विश्लेषण गरिएको छ।


प्रतिक्रिया