अन्तर्राष्ट्रिय नारी दिवसमा एनआरएनए आईसीसी अध्यक्षका उम्मेदवार रोबिन शेरचनको शुभकामना

theoutsidenepal.com

International Women’s Day को अवसरमा Non-Resident Nepali Association (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) का अध्यक्ष पदका उम्मेदवार Robin Sherchan ले विश्वभर रहेका सम्पूर्ण महिलाहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।


सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले नारी केवल घरको आधार मात्र नभई समाज, राष्ट्र र भविष्यको सशक्त आधार भएको उल्लेख गरेका छन्। आमा, दिदीबहिनी र छोरीको रूपमा महिलाले माया, त्याग, साहस र प्रेरणाले समाजलाई सुन्दर र समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।


शेरचनले नारीको सम्मान, समान अधिकार र अवसर सुनिश्चित गर्नु नै सभ्य समाजको पहिचान भएको उल्लेख गर्दै महिलाको योगदानको कदर गर्नुपर्नेमा जोड दिएका छन्।


उनका अनुसार अन्तर्राष्ट्रिय नारी दिवसले समानता, सम्मान र महिला सशक्तीकरणको सन्देशलाई अझ बलियो बनाउँदै लैजान प्रेरणा दिन्छ।


सन्देशको अन्त्यमा उनले “नारीको सम्मान — राष्ट्रको अभिमान” भन्ने नारासहित महिलाप्रतिको सम्मान र समानताको भावनालाई व्यवहारमा उतार्न सबैलाई आह्वान गरेका छन्।


प्रतिक्रिया