“Nepali New Year Grand Mela 2083” भव्य सफलता—३५०० भन्दा बढीको सहभागिता, अध्यक्ष प्रितेश कार्की द्वारा आभार व्यक्त
द टन न्युज, काठमाडौं/क्यालिफोर्निया । नयाँ वर्ष २०८३ को अवसरमा आयोजित “Nepali New Year Grand Mela 2083” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। अप्रिल ४ मा Nepali Community Center-NANC मा आयोजित उक्त कार्यक्रममा ३५०० भन्दा बढी नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सफलतापछि NANC CA का अध्यक्ष प्रितेश कार्की ले सम्पूर्ण सहभागी, सहयोगी तथा आयोजक टोलीप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले समुदायको एकता, सहकार्य र सद्भावले कार्यक्रमलाई ऐतिहासिक बनाएको उल्लेख गरे।
अध्यक्ष कार्कीले नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै यस वर्षले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ ऊर्जा ल्याओस् भन्ने कामना गरेका छन्। “तपाईंहरूको माया, साथ र समर्पणकै कारण हरेक कार्यक्रम अझ उत्कृष्ट बन्दै गएको छ,” उनले भने।
उनले आगामी दिनहरूमा पनि यस्तै सहयोग, साथ र हौसला निरन्तर पाइरहने अपेक्षा व्यक्त गर्दै नेपाली समुदायबीच एकता र सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
उक्त कार्यक्रमले विदेशमा रहेका नेपालीहरूबीच सांस्कृतिक पहिचान, एकता र आपसी सम्बन्धलाई थप मजबुत बनाएको आयोजकको भनाइ छ।