युवा व्यवसायी तथा वरिष्ठ समाजसेवी Prince Yubaraj Karki ले वर्तमान राजनीतिक परिस्थितिबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले जनताले दिएको दुई तिहाइ मतको सम्मान गर्दै Balen Shah लाई प्रधानमन्त्री बनाउनु देशको हितमा हुने बताएका छन्।
कार्कीले आफ्नो स्टाटसमा हाल Rabi Lamichhane माथि पार्टीभित्रबाटै दबाब आएको भन्ने चर्चा सुन्नमा आएको उल्लेख गर्दै, यस्तो दबाब वा प्रभावमा नपरी जनमतको सम्मान गर्नुपर्ने बताएका छन्। उनका अनुसार चुनावमा आएको बलियो जनादेश वास्तवमा बालेनलाई प्रधानमन्त्री बनाउने जनताको स्पष्ट सन्देश हो।
उनले रास्वपालाई कुनै अन्य विकल्प खोज्नु भन्दा पनि बालेनलाई प्रधानमन्त्री बनाउने निर्णय गर्नु समग्र देशको हितमा हुने धारणा व्यक्त गरेका छन्। साथै, यस्तो निर्णय भएमा रवी लामिछानेको राजनीतिक कद अझ उचो हुने पनि उनले बताएका छन्।
कार्कीले राजनीतिक रूपमा कसैलाई उचाल्ने वा पछार्ने खेल नगर्न आग्रह गर्दै अहिलेको अवस्थामा बालेन शाह नै निर्विकल्प प्रधानमन्त्रीका दाबेदार भएको दाबी गरेका छन्।