दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। प्रहरीले उनलाई वीरगञ्जबाट नियन्त्रणमा लिएको जनाएको छ।
‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक समेत रहेका प्रसाईं आज पर्सा पुगेका थिए। भोलिका लागि अभियानको कार्यक्रम तय गरिएको अवस्थामा प्रहरीले कार्यक्रमको पूर्वसन्ध्यामा उनलाई पक्राउ गरेको हो।
प्रसाईं पक्राउको कारणबारे भने प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन। घटनापछि उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाइरहेका छन्।
18 May 2026