द टन न्युज, काठमाडौं — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक ले दायर गरेको बन्दीप्रत्यक्षीकरण (Habeas Corpus) रिटको सुनुवाइ सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ।
सर्वोच्च अदालतले यसअघि कारण देखाऊ आदेश जारी गरेपछि विपक्षी पक्षबाट लिखित जवाफ पेस भइसकेको थियो। सोही आधारमा आइतबार (चैत २२) का लागि पेसी तोकिए पनि सुनुवाइ नसकिएपछि मुद्दा भोलिका लागि सारिएको हो।
सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोग को प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरीले चैत १४ गते ओली र लेखकलाई पक्राउ गरेको थियो।
उनीहरूको पक्राउविरुद्ध कांग्रेस नेता लेखकका तर्फबाट यशोदा लेखक तथा ओलीका तर्फबाट राधिका शाक्यले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको ठहर गर्दै उक्त आयोगले दुवै नेताविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो।
यस प्रकरणसँग सम्बन्धित मुद्दाको अन्तिम निर्णय सर्वोच्च अदालतको आगामी सुनुवाइपछि आउने अपेक्षा गरिएको छ।