फेरि गृहमन्त्री बन्दै सुधन गुरुङ ?
पूर्वगृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न गठित समितिले सफाइ दिने आशयको प्रतिवेदन तयार पारेको स्रोतले जनाएको छ। अच्युतप्रसाद भण्डारी को अध्यक्षतामा रहेको तीन सदस्यीय समितिले थपिएको पाँच दिनको म्यादभित्र प्रतिवेदनलाई अन्तिम रूप दिएर प्रधानमन्त्री बालेन शाह समक्ष बुझाउने तयारी गरेको बताइएको छ।
उच्च स्रोतका अनुसार प्रतिवेदनमा उल्लेख गरिएको निष्कर्षका आधारमा रिक्त रहेको गृह मन्त्रालयको जिम्मेवारी पुनः गुरुङलाई नै दिने सम्भावना बलियो बनेको छ। यदि यस्तो निर्णय भएमा गृह प्रशासनमा नयाँ ऊर्जा र कडा सुधार अभियान अघि बढ्ने अपेक्षा गरिएको छ।
यद्यपि, सरकार वा सम्बन्धित निकायबाट यसबारे आधिकारिक घोषणा भने भइसकेको छैन। प्रतिवेदन सार्वजनिक भएपछि मात्र वास्तविक अवस्था स्पष्ट हुने बताइएको छ।