FNCCI एसोसियटतर्फ सचिन ढकाल सर्वाधिक मतसहित विजयी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को नयाँ कार्यसमिति चयनका लागि सम्पन्न निर्वाचनमा एसोसियटतर्फ Sachin Dhakal सर्वाधिक मत प्राप्त गर्दै विजयी भएका छन्।
सार्वजनिक अन्तिम मतपरिणामअनुसार ढकालले १ हजार ३१८ मत प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेका हुन्।
महासंघको एसोसियटतर्फ १७ सदस्य चयनका लागि मतदान सम्पन्न भएको थियो। उक्त प्रतिस्पर्धामा हेमन्त गोल्छाले १ हजार २०२ मत, अम्बिका प्रसाद पौडेलले १ हजार १८३ मत तथा उज्ज्वल कुमार श्रेष्ठले १ हजार १५६ मत प्राप्त गरेका छन्।
त्यस्तै शक्तिकुमार बेगानी, बाबुकाजी कार्की, राजेश कुमार अग्रवाल, रामशरण भण्डारी, ऋषि अग्रवाल, सुशील थापा, सुयस प्याकुरेललगायतका उम्मेदवारहरू पनि विजयी सूचीमा परेका छन्।
ढकालको यो जितलाई निजी क्षेत्रभित्र उनको प्रभावशाली उपस्थितिको संकेतका रूपमा हेरिएको छ। व्यवसायिक वृत्तमा उनी नेतृत्वदायी भूमिकामा रहने अपेक्षा गरिएको छ।