२३ प्रतिस्पर्धीलाई पछि पार्दै दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को ताज

theoutsidenepal.com

ललितपुरस्थित द प्लाजामा शनिबार सम्पन्न भव्य ग्रान्ड फिनालेमा दीपमाला ढकालले मिस नेपाल २०२६ को प्रतिष्ठित उपाधि जितेकी छन्। उनले अन्तिम प्रतिस्पर्धामा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै ताज आफ्नो नाममा लेखाएकी हुन्। 


दीपमालाले यसअघि मिस नेपाल हङकङ इन्टरनेशनल २०२६ को उपाधि जितेर राष्ट्रिय प्रतियोगितामा प्रवेश गरेकी थिइन्। हङकङमा जन्मेर हुर्किएकी उनले अन्तर्राष्ट्रिय अनुभव, आत्मविश्वास र सामाजिक प्रतिबद्धताका कारण निर्णायकहरूको मन जित्न सफल भएकी हुन्। 


यसैगरी, मिस नेपाल कस्मो २०२६ को उपाधि कशिस सुब्बाले जितेकी छन् भने मिस नेपाल इन्टरनेसनल २०२६ को ताज आर्या निशातले जितेकी छन्।


यस वर्षको मिस नेपाल प्रतियोगिताले सौन्दर्यसँगै नेतृत्व क्षमता, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व र नेपाली महिलाको विश्वमञ्चमा प्रतिनिधित्व गर्ने क्षमतालाई विशेष प्राथमिकता दिएको आयोजकले जनाएको छ।


प्रतिक्रिया