रास्वपाको सुदूरपश्चिम नेतृत्वमा नयाँ ऊर्जा भर्ने तयारीमा डा. जनकराज पन्त

theoutsidenepal.com

रास्वपाको सुदूरपश्चिम नेतृत्वमा नयाँ ऊर्जा भर्ने तयारीमा डा. जनकराज पन्त


धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको आगामी अधिवेशनलाई लक्षित गर्दै चर्चित सञ्चारकर्मी, वरिष्ठ समाजसेवी तथा दूरदर्शी व्यक्तित्व डा. जनकराज पन्तले प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।


आषाढ १ गते सम्पन्न हुन गइरहेको प्रदेश अधिवेशनका लागि उम्मेदवारी घोषणा गर्दै डा. पन्तले पार्टीको स्थापना कालदेखि बोकेको परिवर्तन, सुशासन, पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायी राजनीतिलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


सुदूरपश्चिममा शिक्षा, सञ्चार, सामाजिक सेवा र नेतृत्व विकासका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका डा. पन्त टिभी टुडे टेलिभिजन तथा दृष्टि पाठशालाका अध्यक्षसमेत हुनुहुन्छ। उहाँले सञ्चार र शिक्षामार्फत समाज रूपान्तरणमा पुर्‍याउनुभएको योगदानलाई प्रदेशभर उच्च सम्मानका साथ हेरिन्छ।


सामाजिक उत्तरदायित्व, युवा नेतृत्व विकास र जनचेतनामूलक अभियानमा निरन्तर सक्रिय डा. पन्तलाई धेरैले सुदूरपश्चिमको एक दूरदर्शी, सक्षम र परिणाममुखी नेतृत्वका रूपमा चिन्ने गरेका छन्। उहाँको उम्मेदवारीले प्रदेशमा रास्वपाको संगठनलाई थप मजबुत, एकताबद्ध र जनमुखी बनाउने अपेक्षा गरिएको छ।


उम्मेदवारी घोषणासँगै डा. पन्तले सम्पूर्ण नेता, कार्यकर्ता तथा सदस्यहरूलाई एकताबद्ध भएर पार्टीलाई अझ सशक्त बनाउने अभियानमा साथ दिन आग्रह गर्नुभएको छ। उहाँले सुदूरपश्चिममा रास्वपालाई जनताको पहिलो रोजाइको राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने आफ्नो स्पष्ट दृष्टिकोण रहेको बताउनुभएको छ।


राजनीतिक विश्लेषकहरूका अनुसार संगठन निर्माण, सञ्चार कौशल, सामाजिक स्वीकार्यता र नेतृत्व क्षमताका कारण डा. जनकराज पन्तको उम्मेदवारीलाई प्रदेश अधिवेशनको महत्वपूर्ण आकर्षणका रूपमा हेरिएको छ।


सुदूरपश्चिममा परिवर्तन, सुशासन र नयाँ राजनीतिक संस्कृतिको पक्षमा बलियो आवाजका रूपमा परिचित डा. पन्तको उम्मेदवारीले रास्वपाभित्र नयाँ उत्साह र ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ।


प्रतिक्रिया