उद्योग व्यापार महासंघको उपाध्यक्षमा रामसुन्दर बके निर्वाचित, व्यवसायिक क्षेत्रमा नयाँ ऊर्जा आउने विश्वास
काठमाडौँ । नेपाल उद्योग व्यापार महासंघ को चौथो साधारण सभा तथा दोस्रो राष्ट्रिय अधिवेशनबाट पर्यटन व्यवसायी तथा भिलेज हाइल्यान्ड रिसोर्टका अध्यक्ष रामसुन्दर बके खुल्ला उपाध्यक्ष पदमा निर्वाचित भएका छन्।
उनको निर्वाचनसँगै उद्योग, व्यापार तथा पर्यटन क्षेत्रमा नयाँ ऊर्जा र प्रभावकारी नेतृत्वको अपेक्षा गरिएको छ। विभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय बकेको अनुभवले महासंघलाई थप सशक्त र व्यवस्थित बनाउने विश्वास लिइएको छ।
नवनिर्वाचित उपाध्यक्ष बकेलाई बधाई दिँदै सरोकारवालाहरूले उनको कार्यकाल सफल रहने विश्वास व्यक्त गरेका छन्। साथै, व्यवसायीहरूको हकहित संरक्षण, आर्थिक समृद्धि र निजी क्षेत्रको समग्र विकासमा उनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
उनको नेतृत्वमा महासंघले उद्योग, व्यापार तथा पर्यटन क्षेत्रलाई थप मजबुत बनाउँदै देशको आर्थिक विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ।