एक पटकको नेपाली, सधैंको नेपाली —नारा कार्यान्वयन गर्ने प्रतिबद्धता — रवि लामिछाने

theoutsidenepal.com

काठमाडौं।रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले गैरआवासीय नेपाली (NRN) समुदायको दीर्घकालीन माग “एक पटकको नेपाली, सधैंको नेपाली” लाई व्यवहारमा कार्यान्वयन गर्ने स्पष्ट प्रतिबद्धता जनाएको छ। सभापति लामिछानेले संसद्बाटै उक्त नारा कार्यान्वयन गर्ने धारणा सार्वजनिक गर्दै प्रवासमा रहेका नेपालीहरूको भावनालाई सम्बोधन गर्ने संकेत दिएका हुन्।


सरकार गठन भएको छोटो समयमै देखिएका यस्ता सकारात्मक पहलहरूले आगामी दिनमा अझ प्रभावकारी काम हुने अपेक्षा गरिएको छ। प्रारम्भिक चरणमै देखिएको सक्रियता र प्रतिबद्धताले सरकारप्रति आशा जगाएको छ।


यसै सन्दर्भमा Satendra Sah ले सरकारको कामप्रति सकारात्मक धारणा व्यक्त गर्दै सरकार कसको हो भन्नेभन्दा पनि त्यसले जनताको हितमा कस्तो काम गर्छ भन्ने महत्वपूर्ण हुने बताएका छन्। उनले देश र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्न सरकारलाई सबै पक्षबाट सहयोग आवश्यक रहेको पनि उल्लेख गरेका छन्।


प्रवासी नेपालीहरूको हकहित सुनिश्चित गर्न तथा उनीहरूलाई मातृभूमिसँग जोडिराख्ने उद्देश्यले अघि सारिएको उक्त नाराको कार्यान्वयन भएमा देशको आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।


प्रतिक्रिया