कञ्चनपुर । आगामी निर्वाचन नजिकिँदै जाँदा नेकपा एमाले का नेता डा. अबुल हुसेन अन्सारीले स्थिर सरकार, तीव्र विकास र राष्ट्रिय स्वाभिमान सुदृढीकरणका लागि पार्टीलाई मतदान गर्न आह्वान गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत जारी गरेको स्टाटसमा “स्थिरता, विकास र राष्ट्रिय स्वाभिमानको लागि यस पटकको मत — नेकपा एमालेलाई मतदान गरौं!” भन्दै मतदातालाई उत्साहका साथ सहभागी हुन आग्रह गरेका छन्।
डा. अन्सारीले देशमा राजनीतिक स्थिरता कायम राख्दै आर्थिक समृद्धि, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा राष्ट्रिय हितको रक्षा गर्न एमाले नेतृत्व आवश्यक रहेको उल्लेख गरेका छन्। उनले निर्वाचनमा मतदान गर्न अब ०९ दिन मात्रै बाँकी रहेको स्मरण गराउँदै प्रत्येक मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न अपिल गरेका छन्।
उनका अनुसार समृद्ध नेपाल निर्माणका लागि स्पष्ट नीति, दृढ नेतृत्व र जनताप्रतिको प्रतिबद्धता आवश्यक छ, जसका लागि एमाले नै सक्षम विकल्प भएको दाबी गरिएको छ।
निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलहरू आ–आफ्नो एजेन्डासहित मतदातामाझ पुगिरहेका छन्। यसैक्रममा डा. अन्सारीको उक्त अपिलले स्थानीय राजनीतिक माहोल थप तातेको देखिएको छ।