कैलालीमा कांग्रेसका वडा अध्यक्षमाथि आक्रमण, टाउकोमा चोट

theoutsidenepal.com

कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर–१० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु) माथि आक्रमण भएको छ।


वडा नम्बर–१० स्थित शंकर प्रावि मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा उनीमाथि हातपात भएको हो। आक्रमणबाट उनको टाउकोमा चोट लागेको बताइएको छ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार शाहीमाथि एमाले कार्यकर्ताले आक्रमण गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।


घाइते वडा अध्यक्ष शाही नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। हाल उनको उपचारको तयारी भइरहेको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया