द टन न्युज ,काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ ले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालय पुगेका उनले आफूले औपचारिक रूपमा दिइने पिर्के सलामी नलिने निर्णय सुनाएका हुन्।
नवलपुरस्थित सशस्त्र प्रहरी कार्यालयमा उनलाई डीएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए। सो अवसरमा उनले जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी राना, एसपी युवराज खड्का तथा राष्ट्रिय अनुसन्धान विभागका एसपी अभिनयकुमार सिंहसँग जिल्लाको शान्ति–सुरक्षा अवस्था, सम्भावित सुरक्षा जोखिम तथा समसामयिक विषयमा छलफल गरेका थिए।
यसअघि गृहमन्त्री गुरुङ शनिबार पृथ्वी राजमार्ग को सडक अवस्थाको निरीक्षण गर्दै चितवन पुगेका थिए। आइतबार बिहान चितवनका गृहप्रशासनसँग छलफल सम्पन्न गरेपछि उनी नवलपुर पुगेका हुन्।
गृहमन्त्रीको यो निर्णयलाई औपचारिकता घटाउँदै व्यवहारिकता र सादगीतर्फ उन्मुख कदमका रूपमा हेरिएको छ।