नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर बनिन् नायिका नीति शाह

theoutsidenepal.com

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर बनिन् नायिका नीति शाह

काठमाडौं — नेपाल टेलिकमले चर्चित मोडल तथा नायिका नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

नेपाल टेलिकमद्वारा आयोजित एक कार्यक्रममा कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र नायिका शाहबीच ब्रान्ड एम्बेसडरसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार नीति शाहले नेपाल टेलिकमका विभिन्न सेवा तथा सुविधाबारे स्वदेश तथा विदेशमा रहेका आम ग्राहकलाई जानकारी गराउने तथा कम्पनीको ब्रान्ड प्रवर्धनमा भूमिका निर्वाह गर्नेछिन्

लोकप्रिय मोडल तथा अभिनेत्रीका रूपमा आफ्नो छुट्टै पहिचान बनाएकी शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेसँगै नेपाल टेलिकमले युवापुस्तामाझ आफ्नो सेवा र ब्रान्डको पहुँच थप विस्तार गर्ने अपेक्षा गरेको छ।

नेपाल टेलिकमले प्रदान गर्दै आएका दूरसञ्चार तथा डिजिटल सेवाहरूको प्रचार–प्रसारमा शाहको लोकप्रियता र प्रभावलाई उपयोग गर्ने कम्पनीको योजना रहेको छ।


प्रतिक्रिया