राधिका गुरुङ (टीका) महिला उपाध्यक्षमा चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) की महिला उपाध्यक्षमा राधिका गुरुङ (टीका) चयन हुनुभएको छ।
महिला सशक्तीकरण र सामाजिक नेतृत्वमा सक्रिय गुरुङले एनआरएनएभित्र महिला सहभागिता र नेतृत्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। उहाँको अनुभव, समर्पण र दूरदर्शी सोचले विश्वभर रहेका नेपाली महिलाको आवाजलाई अझ सशक्त र प्रभावकारी बनाउने विश्वास लिइएको छ।
नवीन नेतृत्वसँगै समावेशी, सशक्त र गतिशील एनआरएनए निर्माणमा उहाँको भूमिका महत्वपूर्ण रहने विश्वास गरिएको छ।
बधाई तथा शुभकामना
राधिका गुरुङ (टीका) लाई महिला उपाध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारीमा चयन हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। उहाँको नेतृत्वमा महिला अधिकार, समान अवसर र सशक्त सहभागिताको अभियान अझ उचाइमा पुग्ने विश्वास गरिएको छ।
आगामी दिनहरूमा उहाँले देखाउनुहुने प्रतिबद्धता, ऊर्जा र सकारात्मक सोचले संस्था र समग्र नेपाली समुदायलाई नयाँ दिशा दिनेछ। सफल कार्यकालको पुनः हार्दिक शुभकामना!