बालेन शाहको नेतृत्वप्रति युवा नेताको आशा: “चैत्र १३ देखि परिवर्तनको शुरुवात”

theoutsidenepal.com

काठमाडौं ।रास्वपा का वरिष्ठ नेता Balen Shah (बालेन शाह) प्रति विश्वास व्यक्त गर्दै उनलाई निकट मानिने युवा नेता रोहन कार्कीले देशमा अब सकारात्मक परिवर्तन सुरु हुने दाबी गरेका छन्।


सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कार्कीले बालेन शाह प्रधानमन्त्रीको रूपमा आएपछि शपथग्रहण लगत्तै देशले परिवर्तनको अनुभूति गर्नेगरी महत्वपूर्ण निर्णयहरू लिने विश्वास व्यक्त गरेका हुन्।


उनले “चैत्र १३ गतेदेखि देशले सोचेजस्तो नयाँ सुरुवात हुँदैछ, अब देश अवश्य बन्नेछ” भन्ने आशय व्यक्त गर्दै नागरिकलाई धैर्यताका साथ प्रतिक्षा गर्न आग्रह गरेका छन्।


बालेन शाहप्रति युवापुस्तामा बढ्दो आकर्षण र अपेक्षा देखिँदै आएको सन्दर्भमा कार्कीको यस्तो अभिव्यक्तिले सामाजिक सञ्जालमा समेत चर्चा पाएको छ।


हाल बालेन शाह राष्ट्रिय राजनीतिमा उनको सम्भावित भूमिकाबारे विभिन्न तहमा बहस हुँदै आएको छ।


प्रतिक्रिया