सर्लाही–४ मा डा. अमरेश कुमार सिंहको तीव्र जनसम्पर्क अभियान—सर्लाही–४ मा डा. अमरेश कुमार सिंहको तीव्र जनसम्पर्क अभियान नगरपालिकाका विभिन्न वडामा घरदैलो, ‘जय घण्टी’ नारासहित उत्साह
सर्लाही — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सर्लाही–४ का प्रतिनिधि सभा उम्मेदवार डा. अमरेश कुमार सिंह ले चुनावी जनसम्पर्क अभियानलाई तीव्र बनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत् “हामी निरन्तर जनसम्पर्कमा छौं। आज बरहथवा नगरपालिका–१, २, ३, ४, १३, १४ र १५ मा छौं। जय घण्टी ” भन्दै मतदातासँग प्रत्यक्ष भेटघाटको जानकारी दिएका छन्।
बरहथवा नगरपालिकाका ती वडाहरूमा बिहानैदेखि घरदैलो कार्यक्रम, टोलभेला र अगुवा भेटघाट सञ्चालन भइरहेको जनाइएको छ। स्थानीय बासिन्दाले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यका मुद्दा उठाउँदै उम्मेदवारसँग प्रत्यक्ष संवाद गरेका छन्।
रास्वपाको चुनाव चिह्न ‘घण्टी’ प्रतीकलाई केन्द्रमा राख्दै समर्थकहरूले “जय घण्टी” नारासहित उत्साहजनक उपस्थिति जनाएका छन्। युवा र पहिलोपटक मतदान गर्ने मतदातामाझ विशेष आकर्षण देखिएको अभियान टोलीले जनाएको छ।
सर्लाही–४ मा प्रतिस्पर्धा रोचक बन्दै जाँदा डा. सिंहको निरन्तर जनसम्पर्क र घरदैलो अभियानले चुनावी माहोल तातेको छ। मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै उनले “परिवर्तनका लागि सहभागिता” को सन्देश दिइरहेका छन्।