जापानमा प्रवासी नेपालीहरूको भव्य जमघट — एकता र सहकार्यको सशक्त सन्देश

theoutsidenepal.com

जापानस्थित प्रवासी नेपाली समुदायबीच आत्मीयता, सहकार्य र संगठनात्मक एकतालाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा BBQ कार्यक्रम भव्यता र सभ्यताका साथ सफलतापूर्वक सम्पन्न भएको छ। प्रवास नेपाली सम्पर्क विभाग, जापानको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियो।


कार्यक्रममा विभिन्न क्षेत्रका अग्रज व्यक्तित्व, बुद्धिजीवी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। विशेषगरी NRNA, ICC र DRC का प्रतिनिधिहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ प्रभावशाली बनाएको आयोजकले जनाएको छ।


उक्त अवसरमा सहभागीहरूले आपसी चिनजान, विचार आदान–प्रदान तथा सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसर प्राप्त गरेका थिए। कार्यक्रममा उपस्थित सयौँ सहयात्रीहरूबीच भएको संवाद र अन्तरक्रियाले संगठनबीचको सहकार्य, समन्वय र एकतालाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।


कार्यक्रमका प्रमुख दिपक केसीले सम्पूर्ण सहभागीप्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले प्रवासमा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै सकारात्मक परिवर्तनका लागि प्रेरित गर्ने बताए। उनले आगामी दिनहरूमा पनि प्रवासी नेपालीका हकहित, समस्या र अन्यायका विरुद्ध संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।


कार्यक्रम सफल बनाउन अहोरात्र खटिने केन्द्रीय समिति, शाखा समिति, स्वयंसेवक तथा सहयोगी मित्रहरूको योगदानको उच्च प्रशंसा गरिएको छ। आयोजकका अनुसार यस प्रकारका कार्यक्रमहरूले प्रवासी नेपालीबीच सहकार्यको नयाँ उचाइ स्थापित गर्दै समुदायलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया