नक्कली फेसबुक अकाउन्टबाट ठगीको प्रयास, सतर्क रहन एनआरएनएका पूर्वअध्यक्ष महेश श्रेष्ठको आग्रह
द टन न्युज । काठमाडौं ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका तत्कालीन अध्यक्ष महेश श्रेष्ठको नाम र पहिचान दुरुपयोग गरी नक्कली फेसबुक अकाउन्ट सञ्चालन गरिएको भन्दै उनले आफ्ना आफन्त, साथीभाइ तथा शुभचिन्तकहरूलाई सतर्क रहन आग्रह गरेका छन्।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जरुरी सूचनामा आफ्नो नाममा खोलिएको नक्कली फेसबुक अकाउन्टबाट साथीहरूलाई फ्रेन्ड रिक्वेस्ट पठाउने र आर्थिक ठगी गर्ने प्रयास भइरहेको जानकारी प्राप्त भएको उल्लेख गरेका छन्।
उनले नक्कली अकाउन्टबाट आउने फ्रेन्ड रिक्वेस्ट स्वीकार नगर्न, उक्त अकाउन्टमार्फत कुनै पनि आर्थिक कारोबार नगर्न तथा फेसबुकमा रिपोर्ट गर्न सबैमा अनुरोध गरेका छन्।
आफ्नो नाम र पहिचानको दुरुपयोग गरी सर्वसाधारणलाई झुक्याउने प्रयास हुन सक्ने भन्दै श्रेष्ठले सामाजिक सञ्जाल प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका हुन्।
साथै, नक्कली अकाउन्टका कारण कसैलाई असुविधा पर्न सक्ने भन्दै उनले क्षमासमेत मागेका छन्।
सावधानीका लागि आग्रह: फेसबुकमा चिनजानको व्यक्तिको नाम र फोटो प्रयोग गरिएको अकाउन्टबाट आर्थिक सहयोग, रकम पठाउन वा अन्य कुनै कारोबार गर्न अनुरोध आएमा सम्बन्धित व्यक्तिसँग आधिकारिक माध्यमबाट पुष्टि गरेर मात्र निर्णय लिनु उपयुक्त हुन्छ। नक्कली अकाउन्ट देखिएमा फेसबुकमा रिपोर्ट गर्नुका साथै सम्भव भएसम्म अन्य व्यक्तिलाई पनि सचेत गराउन सकिन्छ।