द टन न्युज , काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष तिलक गैरेले नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।
उनले शुभकामना सन्देशमार्फत देशदेखि विदेशसम्म रहनु भएका आदरणीय आमा–वुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्षले सुख, शान्ति, समृद्धि, उन्नति, प्रगति, सुस्वास्थ्य तथा दीर्घायु प्रदान गरोस् भन्ने कामना गरेका छन्।
उपाध्यक्ष गैरेले नयाँ वर्ष २०८३ ले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, एकता र सहकार्यलाई अझ मजबुत बनाउँदै उज्ज्वल भविष्यतर्फ अघि बढ्न प्रेरणा मिलोस् भन्ने विश्वास समेत व्यक्त गरेका छन्।
14 April 2026