डोङवन विश्वविद्यालय र कोरियन ब्यूटी कोर्टबीच ३ वर्षे सहकार्य सम्झौता
कोरियाको Dongwon University र Korean Beauty Court बीच औपचारिक सहकार्य सम्झौता (MOU) सम्पन्न भएको छ। Korean Beauty Court की प्रमुख सृजना एलिसा नेपालीले सामाजिक सञ्जालमार्फत उक्त सम्झौता सम्पन्न भएको जानकारी दिएकी हुन्।
सम्झौताअनुसार औद्योगिक–शैक्षिक सहकार्य, प्रविधि तथा ज्ञान आदान–प्रदान, व्यावसायिक जनशक्ति विकास, शिक्षा तथा तालिम, संयुक्त पाठ्यक्रम तथा प्रशिक्षण सामग्री विकासलगायतका क्षेत्रमा सहकार्य गरिनेछ।
विशेषगरी Beauty Industry तथा Professional Beauty Education क्षेत्रमा दक्ष जनशक्ति उत्पादन, नयाँ प्रविधिको आदान–प्रदान तथा अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक क्षमता विकासलाई प्राथमिकता दिइने बताइएको छ।
९ जुन २०२६ मा सम्पन्न सम्झौताको अवधि ३ वर्ष रहेको छ। Korean Beauty Court का लागि यो सम्झौता कोरियाको Beauty Education, Technology र Professional Training लाई व्यवस्थित गर्दै अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
सृजना एलिसा नेपालीले महत्वपूर्ण सहकार्यका लागि Dongwon University तथा सम्बन्धित सम्पूर्ण पक्षप्रति आभार व्यक्त गरेकी छन्।