व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन गर्दै बेलौरी नगरपालिका

theoutsidenepal.com

कञ्चनपुर | २०८३ बैशाख १ गते

बेलौरी नगरपालिका ले “व्यक्तिगत घटना दर्ता सप्ताह” सञ्चालन गर्ने भएको छ। नगरपालिकाले जारी गरेको सूचनाअनुसार २०८३ साल बैशाख १ गतेदेखि ७ गतेसम्म यो अभियान सञ्चालन गरिनेछ।


नगरपालिकाका अनुसार नागरिकलाई कानुनी पहिचान सुनिश्चित गर्नुका साथै राज्यबाट प्रदान हुने विभिन्न सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले उक्त सप्ताह सञ्चालन गर्न लागिएको हो।


यस अवधिमा जन्म, मृत्यु, विवाह, बसाइँसराइ तथा सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरू ३५ दिनभित्र अनिवार्य रूपमा आफ्नो वडा कार्यालयमा दर्ता गर्न अनुरोध गरिएको छ।


नगरपालिकाले समयमै घटना दर्ता नगर्दा सेवासुविधाबाट वञ्चित हुन सक्ने भएकाले सबै नागरिकलाई अनिवार्य रूपमा सहभागिता जनाउन आग्रह गरेको छ।


उक्त कार्यक्रम नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहकार्यमा सञ्चालन गरिँदैछ।


प्रतिक्रिया