अनेसासा अन्तर्राष्ट्रिय निर्वाचनमा केन्द्रीय उपाध्यक्ष (अमेरिका) पदका लागि गीता बजगाई मैदानमा
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसासा) को २०२६ कार्यकालका लागि हुने निर्वाचनमा केन्द्रीय उपाध्यक्ष (अमेरिका) पदका लागि साहित्यकार गीता बजगाई उम्मेदवार बनेकी छन्।
सार्वजनिक गरिएको चुनावी प्रचार सामग्रीअनुसार निर्वाचन जुलाई ७ देखि जुलाई ९, २०२६ सम्म अनलाइन माध्यमबाट सञ्चालन हुनेछ। बजगाईले आफूलाई मतदान गरी विजयी बनाउन अनेसासाका मतदातासँग अपिल गरेकी छन्।
लामो समयदेखि नेपाली भाषा, साहित्य तथा सांस्कृतिक गतिविधिमा सक्रिय बजगाईले अनेसासालाई अझ सशक्त, समावेशी र सिर्जनशील संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आएकी छन्।
विश्वभर फैलिएका नेपाली साहित्यकार र स्रष्टाहरूको साझा संस्था अनेसासाको नयाँ नेतृत्व चयनका लागि हुने यस निर्वाचनलाई नेपाली साहित्यिक वृत्तमा चासोका साथ हेरिएको छ। गीता बजगाईको उम्मेदवारीले अमेरिका क्षेत्रको नेतृत्वमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।