समानुपातिक सांसदको प्रमाणपत्र पाएपछि बिधुषी राणाको प्रतिबद्धता— “समृद्धि र महिला सशक्तिकरणका लागि शतप्रतिशत योगदान”

theoutsidenepal.com

काठमाडौँ — बिधुषी राणा ले निर्वाचन आयोग नेपाल मार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसदको प्रमाणपत्र प्राप्त गरेपछि आफूलाई सम्मानित महसुस भएको बताएकी छन्।


सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यो अवसरलाई अत्यन्त ठूलो जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै इमानदारी, उद्देश्य र जवाफदेहिताका साथ शतप्रतिशत योगदान दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।


उनले देशको समृद्धि, उत्पादन क्षेत्रको सुदृढीकरण, आत्मनिर्भरता र महिला सशक्तिकरणलाई आफ्नो प्राथमिकतामा राख्दै निरन्तर सक्रिय रहने बताएकी छन्। साथै, आफूलाई प्रदान गरिएको विश्वासप्रति हृदयदेखि आभारी रहेको जनाउँदै यसलाई नेपालका हरेक नागरिकप्रतिको आफ्नो प्रतिबद्धताको रूपमा लिएको उल्लेख गरेकी छन्।


उनको यो अभिव्यक्तिले नयाँ जिम्मेवारीसँगै विकास, सुशासन र समावेशीताप्रति दृढ अठोट देखाएको विश्लेषण गरिएको छ।


प्रतिक्रिया