कर्तव्यनिष्ठाको चम्किलो उदाहरण: एसएसपी मुकुन्द मरासिनी सम्मानित, प्रहरी संगठनको गौरव
काठमाडौँ — विभागीय नीति, अनुशासन र राष्ट्रप्रतिको समर्पणलाई आत्मसात् गर्दै सम्पन्न भएको आम निर्वाचनमा उल्लेखनीय भूमिका निर्वाह गरेपछि नेपाल प्रहरीका एसएसपी मुकुन्द मरासिनी पुरस्कृत भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयले उनलाई उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप सम्मान प्रदान गरेको हो।
कानून कार्यान्वयनमा दृढता, नेतृत्वमा स्पष्टता र जोखिमपूर्ण परिस्थितिमा पनि निडरतापूर्वक फिल्डमा खटिने क्षमताले मरासिनीलाई प्रहरी संगठनभित्र एक ‘काविल अधिकृत’ को रूपमा स्थापित गरेको छ। उनको कार्यशैली केवल आदेश पालनमा सीमित नभई परिणाममुखी र जनमैत्री दृष्टिकोणमा आधारित रहेको सहकर्मीहरू बताउँछन्।
विशेषगरी आम निर्वाचनजस्तो संवेदनशील र चुनौतीपूर्ण समयमा शान्ति सुरक्षा कायम राख्न उनले खेलेको भूमिका प्रशंसनीय मात्र नभई अनुकरणीय मानिएको छ। उच्च मनोबल, इमानदारी र समर्पणका कारण उनले संगठनको विश्वास मात्र जितेका छैनन्, जनताको भरोसा समेत मजबुत बनाएका छन्।
एसएसपी मुकुन्द मरासिनीको यो सम्मान केवल व्यक्तिगत उपलब्धि होइन, यो सम्पूर्ण नेपाल प्रहरी का लागि प्रेरणादायी क्षण बनेको छ। उनको सफलताले आगामी दिनमा अझ उत्कृष्ट सेवा र नेतृत्वको अपेक्षा बढाएको छ।
राष्ट्रसेवामा समर्पित यस्ता काबिल अधिकृतहरूकै कारण देश सुरक्षित र व्यवस्थित बन्दै गएको अनुभूति हुन्छ।