बैतडी–१ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा क्यानका अध्यक्ष चतुर बहादुर चन्द यतिबेला बैतडी क्षेत्र नम्बर १ मा मजबुत दाबेदारका रूपमा उदाएका छन्। युवा ऊर्जा, स्पष्ट भिजन र राष्ट्रिय स्तरको पहिचानका कारण उनको पल्ला भारी देखिएको स्थानीयहरू बताउँछन्।
राजनीतिक रूपमा सक्रिय र संगठन निर्माणमा कुशल चन्दले विकास, सुशासन र युवामैत्री कार्यक्रमलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन्। क्रिकेट क्षेत्रको सर्वोच्च संस्था क्यानको अध्यक्षको जिम्मेवारी सम्हाल्दै उनले खेलकुदमार्फत राष्ट्रको पहिचान उकास्ने काम गरेका छन्। खेलकुद व्यवस्थापनमा देखाएको नेतृत्व क्षमताले उनलाई राष्ट्रियस्तरमै स्थापित गरेको छ।
बैतडी–१ मा उनले पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य क्षेत्रको स्तरोन्नति, रोजगारी सिर्जना तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेका छन्। स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै उनले “समृद्ध बैतडी, सशक्त युवा” को नारासहित अभियान अघि बढाइरहेका छन्।
युवा पुस्तामाझ लोकप्रिय र अग्रजहरूबाट विश्वास प्राप्त नेता चन्दलाई धेरैले बैतडीको भविष्य बोकेको भीजनरी नेतृत्वका रूपमा व्याख्या गरेका छन्। चुनावी मैदानमा उनको सक्रियता र जनसमर्थन हेर्दा बैतडी–१ मा उनको पल्ला दिनप्रतिदिन भारी बन्दै गएको राजनीतिक विश्लेषकहरूको आँकलन छ।