Nepal Day Parade भव्य रूपमा सम्पन्न, प्रमुख अतिथिलाई NRNA NCC USA CA Chapter को सम्मान
San Francisco । अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजित Nepal Day Parade भव्य, सभ्य तथा उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा नेपाली कला, संस्कृति, भेषभूषा, संगीत तथा राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष गौरवका साथ प्रस्तुत गरिएको थियो।
कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी, नेपाली परम्परागत नृत्य तथा सांगीतिक प्रस्तुतीहरूले विशेष आकर्षण थपेका थिए। नेपाली समुदायबीच एकता, भाइचारा र नेपालीपनको भावनालाई अझ मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले अमेरिकामा रहेका नेपालीहरूलाई एकै ठाउँमा जोड्ने महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।
कार्यक्रमका प्रमुख अतिथिलाई NRNA NCC USA - CA Chapter ले आत्मीय सम्मान तथा स्वागत गरेको थियो। कार्यक्रममा बोल्दै Satendra Sah ले नेपाली समुदायको सक्रिय सहभागिता र कार्यक्रमको सफल आयोजनाप्रति खुसी व्यक्त गर्दै सम्पूर्ण आयोजक टोली, स्वयंसेवक तथा सहभागीहरूलाई धन्यवाद दिएका थिए।
उनले नेपाली संस्कृति र पहिचानलाई विश्व समुदायमाझ चिनाउने यस्ता कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे। साथै, आगामी दिनमा पनि नेपाली समुदायको एकता र पहिचान प्रवर्द्धन गर्ने कार्यक्रमहरूलाई निरन्तरता दिइने बताए।
कार्यक्रमको सफलतासँगै सान फ्रान्सिस्कोस्थित नेपाली समुदायमा नयाँ उत्साह थपिएको आयोजकहरूले बताएका छन्।