सर्वोच्च अदालतद्वारा पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको इजलासले श्रेष्ठलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो।
श्रेष्ठलाई गैरकानुनी रूपमा गिरफ्तार गरिएको दाबी गर्दै उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई हिरासतमा नराखी अनुसन्धान अघि बढाउन आदेश दिएको हो।
अदालतको आदेशसँगै पत्रकार श्रेष्ठलाई हिरासतबाट रिहा गर्ने बाटो खुलेको छ।
17 August 2026