रामेछाप, फागुन ६ – प्रतिनिधि सभा प्रत्यक्षतर्फ रामेछापका उम्मेदवार बिरेन्द्र श्रेष्ठ यतिबेला निरन्तर घरदैलो अभियानमा सक्रिय देखिएका छन्। गाउँघरमै पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका श्रेष्ठप्रति स्थानीय बासिन्दाको समर्थन र विश्वास उल्लेखनीय रूपमा बढ्दै गएको छ।
कठजोर लगायत विभिन्न गाउँ–बस्तीमा पुगेर उनले विकास, सुशासन र पारदर्शी नेतृत्वको एजेण्डा प्रस्तुत गर्दै आएका छन्। “रामेछापको समृद्धि भाषणले होइन, स्पष्ट योजना र इमान्दार कार्यान्वयनले सम्भव छ,” भन्दै श्रेष्ठले युवादेखि ज्येष्ठ नागरिकसम्मको समस्या सुनेर समाधानका प्रतिबद्धता व्यक्त गरेका छन्।
घरदैलोका क्रममा स्थानीयले सडक स्तरोन्नति, शिक्षा–स्वास्थ्य सेवा सुधार, रोजगारी सिर्जना र कृषिमा आधुनिकीकरणजस्ता विषय उठाएका छन्। श्रेष्ठले यी सबै मुद्दालाई प्राथमिकतामा राख्दै दीर्घकालीन विकासको स्पष्ट खाका अघि सारेको बताएका छन्।
विशेषगरी युवापुस्ताले उनको प्राविधिक पृष्ठभूमि र इन्जिनियरिङ अनुभवलाई सकारात्मक रूपमा लिएका छन्। “विकासका काम परिणाममुखी हुनुपर्छ, त्यसका लागि दक्ष र इमान्दार नेतृत्व आवश्यक छ,” भन्ने उनको धारणा मतदातामाझ लोकप्रिय बन्दै गएको देखिन्छ।
कठजोर रामेछापमा आज भएको भेटघाट कार्यक्रममा उनले सम्पूर्ण मतदातासँग आँखा चुनाव चिन्ह मा मतदान गरी आफ्नो अमूल्य मत प्रदान गरिदिन आग्रह गर्दै पूर्ण विश्वास व्यक्त गरेका छन्।
स्थानीयको भनाइ अनुसार, सरल स्वभाव, स्पष्ट दृष्टिकोण र विकासप्रतिको दृढ अठोटका कारण श्रेष्ठप्रति समर्थन लहर बढ्दो क्रममा छ। चुनाव नजिकिँदै जाँदा रामेछापमा उनको अभियान अझ सशक्त र उत्साहपूर्ण बन्दै गएको छ।
👉 प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार
👉 इन्जिनियर बिरेन्द्र श्रेष्ठ
👉 चुनाव चिन्ह : 👁️ आँखा