आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

theoutsidenepal.com

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

काठमाडौं । आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन भएको छ।कीर्तिपुरस्थित बर्न अस्पतालका अनुसार उनको गएराति करिब २ बजे मृत्यु भएको हो। गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएका यादवको उपचारका क्रममा ज्यान गएको अस्पतालले जनाएको छ।

आत्मदाह प्रयासको कारण र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ। यस विषयमा सम्बन्धित निकायबाट विस्तृत विवरण आउन बाँकी रहेको छ।घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ। मृतक यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

प्रतिक्रिया