लिपुलेक–लिम्पियाधुरामा बाटो निर्माणप्रति सासंद हर्क राईको प्रश्न

theoutsidenepal.com

काठमाण्डौ – श्रम संस्कृत पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले लिपुलेक–लिम्पियाधुरा क्षेत्रमा हालै छिमेकी मुलुकले बाटो निर्माण गरी प्रयोग गरिरहेको घटनाप्रति चासो व्यक्त गर्नुभएको छ।


सांसद राईले सामाजिक सञ्जालमा प्रश्न उठाउँदै लेख्नुभएको छ, “छिमेकीले हाम्रो भूभागमा बाटो बनाउँदै प्रयोग गर्दा सरकार बोल्नु पर्छ कि नाईँ? Field मा हाम्रो रक्षक छन् कि छैनन्?”


राईको यो टिप्पणीले नेपालको सर्वोच्च उत्तरपश्चिमी भूभागमा सुरक्षा र सार्वभौमिकताको विषयलाई पुनः प्राथमिकता बनाएको छ। यसले सरकारले सीमा क्षेत्रको निगरानी र रक्षामा कत्तिको सक्रिय भूमिका खेलिरहेको छ भन्ने प्रश्न पनि उठाएको छ।


सासंद राईले यस विषयमा तत्काल संवेदनशील निर्णय र कडा कदम आवश्यक रहेको संकेत गर्नुभएको छ।


प्रतिक्रिया