सुभबिहानी सन्देश: “अब ११ दिनपछि भविष्यको फैसला”

theoutsidenepal.com

रामेछाप–मन्थलीबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवार वीरेन्द्र श्रेष्ठ ले मतदानको मिति नजिकिँदै गर्दा मतदातालाई विवेकपूर्ण निर्णय गर्न अपिल गरेका छन्।


उनले अब मतदान गर्न मात्र ११ दिन बाँकी रहेको उल्लेख गर्दै इमान, जमान र नैतिकता केवल आदर्श शब्द नभई समाज र राष्ट्र विकासको वास्तविक मापन भएको बताएका छन्। “जब नागरिक इमानदार र जिम्मेवार हुन्छन्, त्यसको प्रतिबिम्ब नेतृत्वमा देखिन्छ,” उनले भने।


रामेछापका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीलाई सोचेर, बुझेर र जिम्मेवारीपूर्वक मतदान गर्न उनले हार्दिक अनुरोध गरेका छन्। “आज लिने निर्णय नै हाम्रो भोलिको आधार बन्नेछ,” उनको भनाइ छ।


इन्जिनियर श्रेष्ठ चुनाव चिन्ह आँखा 👁️ लिएर मैदानमा छन् र सामाजिक सञ्जालमार्फत #voteforeye तथा #आँखा_चिन्हमा_मत अभियानलाई तीव्रता दिएका छन्।


प्रतिक्रिया