हालै सामाजिक सञ्जाल र केही मिडियामा सरकारले वृद्ध भत्ताको उमेर ७० बाट ७५ पुर्याएको भन्ने समाचार भाइरल भएको थियो। तर, अर्थ मन्त्रालयले यसलाई पूर्ण रूपमा गलत बताएका छन्। मन्त्रालयका अनुसार, वृद्ध भत्ता पाउने उमेर पहिलाजस्तै ७० वर्षमै कायम छ।
यस सम्बन्धमा, रास्वपा नेता एवम् अर्थमन्त्री डा. स्वर्णीम वाग्ले ले पनि पुष्टि गर्दै भन्नुभएको छ कि वृद्ध भत्ता प्राप्त गर्ने उमेरमा कुनै परिवर्तन गरिएको छैन।
सरकार र सम्बन्धित मन्त्रालयले नागरिकहरूलाई भ्रामक समाचारमा प्रभावित नहुन र आधिकारिक स्रोतबाट मात्र जानकारी लिन आग्रह गरेका छन्।
04 April 2026