पर्सामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन

theoutsidenepal.com


पर्सामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन



नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यमा पर्सा जिल्लास्थित जिल्ला प्रहरी कार्यालय परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको समुद्घाटन सम्पन्न भएको छ।


बेलायत सरकारको सहयोगमा निर्माण गरिएको उक्त भवनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सुरक्षित, सहज तथा प्रभावकारी सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको प्रहरीले जनाएको छ।


उद्घाटन कार्यक्रममा प्रहरी अधिकारीहरू, स्थानीय जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रहरीले नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्ता पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।


प्रतिक्रिया