बाढीपीडितका लागि बेल्जियमबाट यशु सुवेदीको ६ हजार ५ सय सहयोग
देशमा बाढीबाट भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिको दुःखद घडीमा सहयोगको अपिल गर्दै बेल्जियमबाट यशु सुवेदीले नेपाल सरकारको सम्बन्धित राहत कोषमा ६ हजार ५ सय रुपैयाँ सहयोग गरेकी छन्।
विपद्को यस कठिन समयमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह गर्दै सुवेदीले एक रुपैयाँ मात्र भए पनि राहत कोषमा सहयोग गर्न अपिल गरेकी छन्। सानो–सानो सहयोगले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा ठूलो योगदान पुग्ने उनको भनाइ छ।
उनले देशमा बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै पीडित परिवारप्रति ऐक्यबद्धता जनाएकी छन्। साथै, स्वदेश तथा विदेशमा रहेका नेपालीलाई मानवीय भावनाका साथ राहत अभियानमा जोडिन आग्रह गरेकी छन्।
“एक रुपैयाँ मात्र भए पनि सहयोग गरौँ, हाम्रो सानो सहयोगले ठूलो राहत पुग्नेछ,” सुवेदीको अपिल छ।