सिकागोल्यान्ड थारु सोसाइटीको माघी महोत्सवमा एनआरएनए अमेरिका अध्यक्ष सतेन्द्र शाह प्रमुख अतिथि
शिकागो, अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिका का अध्यक्ष सतेन्द्र शाह Chicagoland Tharu Society द्वारा आयोजित माघी महोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक स्टाटसमार्फत अध्यक्ष शाहले माघी महोत्सवजस्तो मौलिक सांस्कृतिक पर्वमा प्रमुख अतिथिको रूपमा उपस्थित हुन पाउँदा आफू गौरवान्वित भएको उल्लेख गरेका छन्। उनले सफल र भव्य कार्यक्रमको आयोजना गरेकोमा Chicagoland Tharu Society प्रति धन्यवादसमेत व्यक्त गरेका छन्।
शाहले माघी महोत्सवले थारु समुदायको सांस्कृतिक पहिचान, परम्परा र सामाजिक एकतालाई प्रवर्द्धन गर्नुका साथै प्रवासी नेपालीहरूबीच आपसी सद्भाव र सहकार्यलाई अझ मजबुत बनाएको धारणा व्यक्त गरेका छन्।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, परम्परागत खानपान तथा सामुदायिक सहभागिताले विशेष रौनक थपेको बताइएको छ।