द टन न्युज, काठमाडौं — प्रधानमन्त्री बालेन शाह ले आज काठमाडौंमा विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्नुभएको छ। उक्त भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल समेत सहभागी रहनुभएको थियो।
प्रधानमन्त्रीको पहलमा आयोजित यस सामूहिक संवादलाई नेपालको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। भेटका क्रममा द्विपक्षीय सम्बन्ध, विकास सहकार्य, लगानी प्रवर्द्धन तथा समसामयिक अन्तर्राष्ट्रिय मुद्दाहरूमा खुला छलफल भएको बताइएको छ।
प्रधानमन्त्री शाहले नेपालले सन्तुलित र सम्मानजनक परराष्ट्र नीति अवलम्बन गर्दै आएको उल्लेख गर्दै सबै देशहरूसँग पारस्परिक हितका आधारमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपाललाई लगानी, पर्यटन र पूर्वाधार विकासका क्षेत्रमा विश्व समुदायसँग अझ नजिक ल्याउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
यस अवसरमा परराष्ट्रमन्त्री खनालले कूटनीतिक मर्यादा, पारदर्शिता र नियमित संवादमार्फत अन्तर्राष्ट्रिय सम्बन्धलाई थप उचाइमा पुर्याउने सरकारको नीति रहेको धारणा राख्नुभयो।
राजदूतहरूले पनि नेपालको राजनीतिक स्थायित्व, आर्थिक सम्भावना तथा सहकार्यका क्षेत्रहरूबारे सकारात्मक धारणा व्यक्त गर्दै आगामी दिनमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए।
यस सामूहिक भेटलाई नेपालको कूटनीतिक अभ्यासमा नयाँ शैलीको सुरुवातका रूपमा लिइएको छ, जसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्धलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।