कैलाली–५ मा प्रेम आले मगरको लहर : कोरोना महामारीका ‘हिरो’ नेता जीत नजिक
कैलाली क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का प्रभावशाली नेता प्रेम आले मगर को चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। जनताको घरदैलोमा पुग्दा देखिएको उत्साह, समर्थन र विश्वासले उहाँको जीत नजिकिँदै गएको संकेत गरेको छ।
कोरोना महामारीको कठिन समयमा जब सिंगो देश संकटमा थियो, त्यतिबेला प्रेम आले मगर अग्रपंक्तिमा उभिएर जनताको जीवनरक्षामा खटिएका थिए। जिल्लादेखि जिल्लासम्म समन्वय गर्दै अक्सिजन सिलिन्डर वितरण, बिरामीको उद्दार, उपचार व्यवस्थापन र आवश्यक स्वास्थ्य सामग्री जुटाउन उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। धेरै परिवारका लागि उहाँ त्यतिबेला आशाको दीप बनेका थिए।
महामारीको भयावह अवस्थामा अक्सिजन अभाव हुँदा प्रेम आलेले आफ्नै पहलमा अक्सिजन संकलन र वितरण अभियान सञ्चालन गर्नुभएको थियो। अस्पतालमा बेड अभाव र उपचार संकटका बेला उहाँले सम्बन्धित निकायसँग समन्वय गर्दै तत्काल व्यवस्थापनमा सहयोग पुर्याउनुभएको थियो। त्यसबेला उहाँको सक्रियता र मानवीय संवेदनशीलताले हजारौं नागरिकलाई राहत दिएको स्थानीयवासी बताउँछन्।
राजनीतिलाई सेवा र उत्तरदायित्वसँग जोडेर अघि बढ्ने नेताका रूपमा परिचित प्रेम आले मगर अहिले पनि विकास, पूर्वाधार, स्वास्थ्य र रोजगारीका एजेण्डासहित मतदातामाझ पुगिरहनुभएको छ। कोरोना कालको योगदानले उहाँप्रति जनताको भरोसा अझ बलियो बनेको देखिन्छ।
कैलाली–५ मा अहिले “सेवा गर्ने नेता, संकटमा साथ दिने नेतृत्व” का रूपमा प्रेम आले मगरको चर्चा चुलिँदो छ। जनलहर र जनसमर्थनका आधारमा उहाँको जीत सुनिश्चिततर्फ उन्मुख रहेको राजनीतिक वृत्तमा विश्लेषण भइरहेको छ।