प्रधानमन्त्री कार्कीको उपस्थितिमा सिंहदरबारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न

theoutsidenepal.com

काठमाडौं—प्रधानमन्त्री कार्कीको प्रमुख आतिथ्यतामा सिंहदरबारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा मन्त्रीहरू, उच्चपदस्थ कर्मचारी, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सुशासन नै दिगो समृद्धिको आधार भएको उल्लेख गर्दै राज्यका सबै तहमा पारदर्शिता, जवाफदेहिता र सेवामुखी प्रशासन सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाहमा सुधार र नीतिगत स्थिरता कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

कार्यक्रममा सुशासनका प्रमुख चुनौती, अवसर र समाधानका उपायबारे प्रस्तुतिहरू गरिनुका साथै अन्तरक्रियात्मक छलफलसमेत गरिएको थियो। सहभागीहरूले नागरिक सचेतना अभिवृद्धि, प्रविधिमैत्री प्रशासन, कानुनी कार्यान्वयनको प्रभावकारिता र सेवा प्रवाहमा समयसीमा जस्ता विषयमा सुझाव राखेका थिए।

आयोजकका अनुसार स्वजागरण कार्यक्रमले सरकारी संयन्त्र र नागरिकबीच विश्वास सुदृढ गर्न, नीति–कार्यक्रमको प्रभावकारिता बढाउन र साझा प्रयासमार्फत समृद्धिको लक्ष्यतर्फ अघि बढ्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको 

प्रतिक्रिया