चितवन । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रभावशाली नेतृ सोविता गौतम को राजनीतिक पकड बलियो बन्दै गएको छ। परिवर्तन, पारदर्शिता र नयाँ राजनीतिक संस्कारको एजेन्डासहित मैदानमा उत्रिएकी गौतमलाई मतदाताले आशाको नयाँ अनुहारका रूपमा हेरिरहेका छन्।
युवापुस्तामाझ लोकप्रिय छवि बनाएकी उनले शिक्षा, स्वास्थ्य, सुशासन र रोजगारीलाई प्राथमिक मुद्दा बनाएकी छन्। घरदैलो अभियानका क्रममा प्राप्त सकारात्मक प्रतिक्रिया र चुनावी सभाहरूमा देखिएको उत्साहजनक सहभागिताले चितवन–३ मा उनको प्रभाव उल्लेखनीय रहेको संकेत गरेको छ।
रास्वपाको उदयसँगै वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेका मतदातामाझ गौतमको स्वीकार्यता बढ्दो देखिएको विश्लेषण भइरहेको छ। स्थानीय समस्या पहिचान गरी समाधानका स्पष्ट योजना प्रस्तुत गर्ने शैलीले उनलाई फरक पहिचान दिएको समर्थकहरूको भनाइ छ।
राजनीतिक वृत्तमा चर्चा छ—चितवन–३ मा यसपटक कडा प्रतिस्पर्धा भए पनि सोविता गौतमको संगठित अभियान र जनसमर्थनका कारण उनको पकड मजबुत देखिएको छ। परिवर्तनको चाहना बोकेको मतदाता वर्गले उनलाई बलियो दावेदारका रूपमा उभ्याएको छ।