International Women’s Day को अवसरमा Non-Resident Nepali Association (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) की महिला सचिव Radhika Gurung ले विश्वभर रहेका सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छन्।
मार्च ८ का दिन मनाइने अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उनले “अधिकार, न्याय र कार्य सबै महिला तथा केटीहरूको लागि” भन्ने सन्देशसहित महिला सशक्तीकरण, समानता र सम्मानको यात्रालाई अझ बलियो बनाउँदै अगाडि बढ्नुपर्ने बताएकी छन्।
उनले आफ्नो शुभकामना सन्देशमा विश्वभर रहेका शक्तिशाली, प्रतिभाशाली र सुन्दर सम्पूर्ण दिदीबहिनीहरूलाई नारी दिवसको मंगलमय शुभकामना व्यक्त गर्दै समाज परिवर्तन र राष्ट्र निर्माणमा महिलाको भूमिका अझ सशक्त हुँदै जानुपर्ने उल्लेख गरेकी छन्।
गुरुङले नारी सशक्तीकरण, समान अधिकार र सम्मानको यात्रामा सबै एकजुट भएर अघि बढ्न सके समाजलाई अझ बलियो र समृद्ध बनाउन सकिने विश्वास व्यक्त गरेकी छन्। साथै उनले सबैलाई समानता र सम्मानमा आधारित समाज निर्माणका लागि मिलेर काम गर्न आह्वान समेत गरेकी छन्।