प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने

theoutsidenepal.com

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जाने भएका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा यही सेप्टेम्बर ८ देखि सुरु हुँदैछ। महासभामा प्रधानमन्त्री शाह स्वयं उपस्थित भएर नेपालको जलवायु परिवर्तन, प्राकृतिक विपद् तथा पछिल्लो बाढीपहिरोबाट परेको असर लगायतका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ।

नेपाल पछिल्लो समय जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक विपद्को जोखिममा परेको अवस्थामा महासभालाई नेपालको समस्या अन्तर्राष्ट्रियस्तरमा उठाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

विशेषगरी रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोका कारण भएको जनधनको क्षति, जलवायुजन्य विपद्को जोखिम तथा प्रभावित क्षेत्रको पुनर्निर्माण र सहयोगका विषयमा प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायसँग आवाज उठाउनुपर्ने मागसमेत बढ्दै गएको छ।

प्रधानमन्त्रीको महासभा सहभागिताले नेपालको जलवायु न्याय, विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतालाई विश्व मञ्चमा थप प्रभावकारी रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया