एनआरएनए आईसीसी अध्यक्ष महेश कुमार श्रेष्ठलाई कोरियामा स्वागत, जुनु गुरुङले सार्वजनिक गरिन् तस्बिर
सोल — गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) का अध्यक्ष महेश कुमार श्रेष्ठ व्यक्तिगत कामको सिलसिलामा दक्षिण कोरिया आइपुग्नुभएको छ। अध्यक्ष श्रेष्ठलाई इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
उक्त तस्बिर एनआरएनए की प्रभावशाली नेतृ जुनु गुरुङले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको हो। उहाँले अध्यक्ष श्रेष्ठको कोरिया आगमनको जानकारी दिँदै स्वागतको क्षणलाई साझा गर्नुभएको छ।
कोरियामा रहँदा अध्यक्ष श्रेष्ठले केही व्यक्तिगत कामका साथै त्यहाँ रहेका गैरआवासीय नेपालीहरूसँग भेटघाट गर्ने सम्भावना रहेको बताइएको छ। कोरियामा रहेका नेपाली समुदायले अध्यक्ष श्रेष्ठको आगमनलाई सकारात्मक रूपमा लिएका छन्।
एनआरएनए आईसीसी अध्यक्षको हैसियतमा महेश कुमार श्रेष्ठ विश्वभर रहेका गैरआवासीय नेपालीहरूको हक–हित, पहिचान र एकताको पक्षमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ।