सुनसरी — सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा हालै भएको असामाजिक घटना र झडपप्रति Dr. Abul Husain Ansariले कडा निन्दा व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “यस प्रकारका घटना लोकतन्त्र, सामाजिक सद्भाव र शान्तिपूर्ण वातावरणका लागि अत्यन्तै दुर्भाग्यपूर्ण छन्। हामी सबैले संयमता अपनाउँदै संवाद र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्नुपर्छ। हिंसा र झडपले कसैको हित गर्दैन, यसले समाजमा अशान्ति मात्र फैलाउँछ।”
उहाँले सम्बन्धित निकायलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गर्नुभयो। यस घटनाप्रति राजनीतिक दल, समुदाय र नागरिक सबैले संयमता अपनाएर शान्तिपूर्ण वातावरण कायम गर्नुपर्ने उहाँको जोड रहेको छ।
विशेषगरी आगामी निर्वाचनको तयारीका क्रममा यस्तो घटनाले मतदाता र समुदायमा असुरक्षा र डर फैलाउन सक्ने भएकाले Dr. अंसारीले शान्ति कायम गर्न सबै पक्षलाई सचेत रहन आग्रह गर्नुभएको छ।