कैलाली–५ मा प्रेम बहादुर आलेको पक्षमा उर्लियो जनलहर, जित नजिक

theoutsidenepal.com

कैलाली क्षेत्र नं. ५ मा यतिबेला जनताको मन–मस्तिष्कमा एउटै नाम गुञ्जिरहेको छ—प्रेम बहादुर आले। नेपाली कम्युनिस्ट आन्दोलनका अनुभवी नेता, पूर्व मन्त्री तथा स्पष्ट भिजन भएका विकासवादी नेतृत्वका रूपमा उहाँको पक्षमा अभूतपूर्व जनलहर देखिएको छ।


गाउँदेखि शहरसम्म, टोलदेखि बजारसम्म अहिले एउटै चर्चा छ—“विकासका लागि आले।” जनतासँग प्रत्यक्ष भेटघाट, विगतमा मन्त्री हुँदा गरेका निर्णायक काम र विकासप्रति उहाँको प्रतिबद्धताले मतदातामा नयाँ आशा जगाएको छ।


स्थानीय बासिन्दाहरू भन्छन्, “हामीलाई काम गर्ने, बोल्ने मात्र होइन गर्ने नेता चाहिएको छ, त्यो गुण प्रेम बहादुर आलेमा छ।”


पूर्व मन्त्रीको अनुभव, पार्टीभित्रको मजबुत पकड र राष्ट्रिय राजनीतिमा स्थापित छवि अहिले कैलाली–५ मा जितको आधार बनेको छ। चुनावी माहोल तातेको छ, सभा–सम्मेलनमा उर्लिएको भीडले स्पष्ट संकेत दिएको छ—यसपटक विकासको पक्षमा मतदान हुँदैछ।


राजनीतिक विश्लेषकहरूका अनुसार, प्रेम बहादुर आलेको उम्मेदवारीले क्षेत्र नं. ५ मा शक्ति सन्तुलन नै बदलिएको छ। युवादेखि ज्येष्ठसम्म, किसानदेखि व्यवसायीसम्म सबै वर्गको समर्थन जुट्दै गएको दाबी गरिएको छ।


कैलाली–५ मा अहिले माहोल प्रस्ट छ—

जनलहर प्रेम बहादुर आलेको पक्षमा छ, जित नजिकिएको छ।


प्रतिक्रिया