मन्त्री आउन अझै एक घन्टा, चौरमै आराम गर्ने आशिका तामाङको रमाइलो स्टाटस
द टन न्युज | काठमाडौं
माननीय आशिका तामाङले सामाजिक सञ्जालमार्फत लेखेको छोटो तर रमाइलो स्टाटस अहिले चर्चामा आएको छ।
मन्त्रीज्यू आउन अझै एक घन्टा लाग्ने भएपछि आफूले पर्खाइको समय चौरमै आराम गरेर बिताउने भन्दै तामाङले लेखेकी छन्, “मन्त्री ज्यु आउन अझै एक घन्टा लाग्ने भो, बरु चौरमा एक घन्टा आराम गर्छु! ”
व्यस्त राजनीतिक तथा सार्वजनिक गतिविधिका बीच तामाङको यो सहज र हँसिलो शैलीको अभिव्यक्तिले उनको फरक स्वभावलाई समेत झल्काएको छ। सामान्य अवस्थालाई पनि सकारात्मक र रमाइलो ढंगले प्रस्तुत गर्ने उनको स्टाटस सामाजिक सञ्जालमा ध्यान खिच्ने विषय बनेको छ।
तामाङका यस्ता छोटा अभिव्यक्तिले सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूको व्यस्तताबीचको सहज क्षणलाई समेत आम मानिससँग जोड्ने गरेको देखिन्छ।